

प्रचण्डलाई ओलीको फोन- सम्भव भए मिलेर अघि बढौँ

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच लामो समयपछि फोन संवाद भएको छ ।
प्रतिनिधिसभाको निर्वाचनमा दुबै अध्यक्ष निर्वाचित भएपछि शुभकामना दिन ओलीले प्रचण्डलाई फोन गरेका थिए । फोन संवादमा दुई अध्यक्षबीच बधाई आदानप्रदान भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
बधाई आदानप्रदानका क्रममा अध्यक्ष ओलीले अध्यक्ष प्रचण्डलाई अब कसरी जाने हो ? भन्दै प्रश्न गर्दै ‘सम्भव भएसम्म सहकार्य गरेर अघि बढौँ’ भन्ने प्रस्ताव राखेका थिए ।
अध्यक्ष ओलीले सहकार्यको प्रस्ताव राखे पनि प्रचण्डले भने ‘यस विषयमा पछि नै सल्लाह गरौँ, अहिलेलाई बधाई छ’ भन्दै संवाद टुङ्ग्याएका थिए । एमाले अध्यक्ष ओली झापा-५ र प्रचण्ड गोरखा-२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

