

समानुपातिकमा एमालेकै अग्रता, एकीकृत समाजवादी ५० हजार भन्दा तल

काठमाडौं – नेकपा एमालेले समानुपातिकमा हालसम्म ६ लाख ७१ हजार १ सय ४६ मतसहित पहिलो स्थानमा रहेको छ । जारी मतगणना अनुसार नेपाली कांग्रेसले हालसम्म ६ लाख ३६ हजार ९ सय ८७ मत प्राप्त गरेको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ३ लाख २९ हजार ९ सय ५० मत प्राप्त गरेको छ । हालसम्म नेकपा माओवादी केन्द्र चौथोँ स्थानमा रहेको छ । नेकपा माओवादी केन्द्रले ३ लाख १० हजार ७२ मत प्राप्त गरेको छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ७९ हजार ७ सय २३, जनता समाजवादी पार्टीले ९० हजार ४ सय ६९, जनमत पार्टीले ५३ हजार ६ सय ७३ मत प्राप्त गरेको छ । यता नेपाल मजदुर किसान पार्टीले ५२ हजार ८९, नागरिक उन्मुक्ति पार्टीले ५० हजार ८ सय १ मत प्राप्त गरेको छ ।
त्यसैगरी एमालेबाट छुट्टिएर माधव नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीले हालसम्म ५० हजार मतसमेत कटाउन सकेको छैन । हालसम्म ४३ हजार ८ सय ३२ मत प्राप्त गरेको छ ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले ३६ हजार ३ सय ७२, हाम्रो नेपाली पार्टीले २४ हजार ६ सय ४३, राष्ट्रिय जनमोर्चाले १७ हजार ९ सय ५९, मंगोल नेशनल अर्गनाइजेशनले १२ हजार १ सय ४५ मत प्राप्त गरेका छन् । हाल मतगणना जारी रहेको छ ।

