काभ्रे-१ को ‘क’ मा माओवादीका रत्न ढकाल विजयी


काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको निर्वाचन क्षेत्र नम्बर १ को क मा नेकपा माओवादी केन्द्रका उम्मेदवार रत्नप्रसाद ढकाल विजयी भएका छन् ।

उनले २० हजार ७२० मत प्राप्त गर्दै विययी हासिल गरेका हुन् । उनका निकटतम प्रतिसपर्धी नेकपा एमालेका उम्मेदवार दिलबहादुर तामाङले ११ हजार २७८ मत पाएका छन् ।

माओवादीका उम्मेदवार ढकालले एमालेका तामाङलाई ९ हजार ४४२ मतान्तरले पराजित गरेका हुन् । त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नन्द लाल श्रेष्ठले एक ५१ पाएका छन् ।

आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ ।

 

प्रतिक्रिया