भोजपुर प्रदेशसभा १ मा नेकपा एस र २ बाट कांग्रेसका उम्मेदवार विजयी


भोजपुर – भोजपुरको दुवै प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । भोजपुर प्रदेशसभा १ मा नेकपा एकीकृत समाजवादीका राजेन्द्रकुमार राई र भोजपुर प्रदेशसभा २ मा कांग्रेसका विनोद राई विजयी भएका हुन् ।

बिहीबार सम्पन्न मतगणनामा राजेन्द्रकुमार राईले एमालेका हरिबहादुर राईलाई ३ हजार ८ सय ८९ मतको अन्तरले हराएका हुन् । राजेन्द्रले १६ हजार १ सय १० र हरिबहादुरले १२ हजार २ सय २३ मत ल्याएका छन् ।

१३ हजार ५ सय ७९ ल्याएर विजयी भएका विनोद राईले एमालेकै खड्गबहादुर कार्कीलाई ७ सय ५१ मतको अन्तरले हराएका हुन् । कार्कीले १२ हजार ८ सय २८ मत ल्याएका छन् ।

प्रतिक्रिया