सिरहा-१ मा एमालेका यादव विजयी


गोलबजार – सिरहा १ मा नेपाल कम्युनिष्ट पार्टी एमालेका रामशङ्कर यादवले २९ हजार चार सय ६२ मत ल्याई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

उनका निकटतम प्रस्तिपर्धी नेपाली कांग्रेसका पदमनारायण चौधरीले २७ हजार तीन सय ७९ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेका जनमत पार्टीका युगलकिशोर साहले छ हजार आठ सय ४९ मत प्राप्त गरेका छन् ।

सो क्षेत्रमा कूल एक लाख छ हजार दुई सय एक मतदाता रहेकामा ६९ हजार आठ सय २६ मत खसेको थियो ।

प्रतिक्रिया