

तनहुँमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल १३२ मतले पछाडी

तनहुँ – तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पछि परेका छन्। मतगणना जारी रहेको अवस्थामा पौडेल अहिले एमाले उम्मेदवार भन्दा १३२ मतले पछि परेका हुन् ।
अहिलेसम्म कांग्रेसका उम्मेदवार पौडेलले ३२१० मत ल्याएका छन्। नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले ३३४२ मत ल्याएका छन्।
त्यस्तै राप्रपाका उम्मेदवारले ५२२ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १२९० मत ल्याएका छन्। अहिलेसम्म ९ हजार ७ सय ५६ मत गणना भएको छ।

