

चितवन २ मा रवि लागे अगाडी, एमाले उम्मेदवारविरूद्ध १२८ मतको अग्रता

चितवन – चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । पछिल्लो मतगणनाअनुसार कालिका नगरपालिकाको १ नम्बरको वडाको मतगणना गरिएसँगै रविले अग्रता लिएका हुन् ।
यससँगै रविले ४ हजार ७ मत ल्याएका छन् भने नेकपा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ८ सय ७९ मत ल्याएका छन् । त्यस्तै नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजा ४ सय १० मत ल्याएका छन् ।
चितवन क्षेत्र नं. २ को ग्रामीण क्षेत्रको मतगणना सम्पन्न भइसकेकोमा अब रवि लामिछानेको कोर एरियाको रुपमा लिइएको बजार क्षेत्रको मतगणना सुरु भएसँगै लामिछानेले अग्रता लिएका हुन् ।

