

गृहमन्त्री खाँण राप्रपाका दीपक बोहोरासँग १२४९ मतले पछाडी

रुपन्देही –रुपन्देही क्षेत्र नं. –३ मा नेपाली कांग्रेसका उम्मेदवार एवं गृहमन्त्री बालकृष्ण खाँण पछाडि परेका छन्।
उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहोराले पछि पारेका हुन् ।
पछिल्लो मतगणनाअनुसार बोहोराले ६ हजार ३ सय ७३ मत प्राप्त गरेका छन् भने खाणले ५ हजार १ सय २४ मत प्राप्त गर्दै बोहोरालाई पछ्याइरहेका छन्।
यी दुई जनाबीचको मतान्तर १२४९ रहेको छ ।

