

मकवानपुर-२ : विरोध खतिवडाको अग्रता

मकवानपुर – प्रतिनिधिसभा प्रत्यक्ष तर्फ मकवानपुर क्षेत्र नम्बर-२ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका एकीकृत समाजवादीका विरोध खतिवडाले अग्रता लिएका छन् ।
मकवानपुर-२ को कुल ४ हजार ४१७ मत गन्दा खतिवडाले १ हजार ९२० मतसहित अग्रता लिएका हुन् । उनलाई एमालेका उम्मेदवार महेश बर्तौला १ हजार ६०५ मतसहित पछ्याइरहेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ५०१ मत पाएका छन् ।

