होम आईसोलेसनमा मृत्यु भएका संक्रमितको अन्तेष्टी सरकारले नगर्ने


काठमाडौं – कोरोना संक्रमण भएसकेपछि पनि घरमा नै बसिरहेका (होम आईसोलेसन) संक्रमितको शव व्यवस्थापन सरकारले नगर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितहरुको शव व्यवस्थापन निर्देशिका संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

संशोधित निर्देशिकाअनुसार घरमै मृत्यु भएका संक्रमितका आफन्तले संक्रमितको मृत्युपछि प्रहरी र स्थानीय जनप्रतिनिधिलाई खबर गर्नुपर्ने छ । शव व्यवस्थापन कार्यमा बच्चा र ६० वर्षभन्दा बढी उमेरका मानिसलाई सहभागी नगराउन र व्यक्तिगत सुरक्षा सामाग्रीको प्रयोग गरेरमात्र सहभागी हुनुपर्ने जनाइएको छ ।

अन्तेष्टीका क्रममा सहभागी आफन्तहरुले पन्जा, मास्क, पूरा बाहुला भएका गाउन प्रयोग गरेर शवलाई र्याप गर्ने र बडी ब्यागमा राख्ने, शव बाहनमा राख्ने वा खटमा बोकेर घाटसम्म पुर्याएर शव व्यवस्थापन गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

प्रतिक्रिया