समानुपातिक मतपत्र जलेपछि नवलपुरमा पुनः मतदान


नवलपुर – नवलपुरको देवचुली नगरपालिका-४ मा मतपेटिकामा आगो लगाइएपछि प्रदेश समानुपातिकतर्फ पुनः मतदान हुने भएको छ ।स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालयको बुथमा प्रदेश समानुपातिकतर्फको मतपेटिकामा स्थानीय नारायण भण्डारीले आइतबार दिउँसो एसिड हालेर आगो लगाएका थिए ।

रोकिएको मतदान सकिएको र प्रदेश समानुपातिकतर्फ सोमबार बिहान ७ बजेदेखि पुनः मतदान हुने नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए । ‘मतपत्र नोक्सान भएपछि भोलि बिहान ७ बजेदेखि प्रदेशसभा समानुपातिकको मतदान पुनः हुन्छ।’

आगो लगाएर भागेका भण्डारीलाई प्रहरीले दुई किलोमिटर टाढा पुगेपछि नियन्त्रणमा लिएको थियो । उनले कुन एसिड प्रयोग गरेर कसरी आगो लगाउन सफल भए खुलेको छैन । प्रारम्भिक बयानमा भने शरीरमा लगाउने लोसनमार्फत आगो लगाएको बताएका छन् ।

प्रतिक्रिया