सिद्धार्थनगरमा सवारी दुर्घटना, पत्रकार एनबी कँडेलको निधन


सिद्धार्थनगर – पत्रकार एनबी कँडेल (नरबहादुर कँडेल) को सवारी दुर्घटनामा परी निधन भएको छ । शुक्रबार सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा जानकीनगरमा कँडेल सवार लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई लु १ क ५२७६ नम्बरको रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी) ले ठक्कर दिएको थियो ।

यी दुवै सवारी बुटवलबाट भैरहवातर्फ जाँदै थिए । रुपन्देही सैनामैना नगरपालिका-१ रानीबगिया स्थायी घर भई बुटवलमा बस्दै आएका ३५ वर्षीय कँडेल ग्लोबल आवाज डट कमका सम्पादक थिए ।

ठक्कर दिने रेडिमिक्स (सिमेन्ट घोल्ने) सवारी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । कँडेलका एक श्रीमती, सात वर्षीय एक छोरा र सात महिने एक छोरी छन् ।

पत्रकार महासङ्घलगायतका सङ्घसङै गठनले उनको निधनले स्तब्ध बनाएको उल्लेख गरेका छन् । उनको शव अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ भने आजै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया