


नेपालगञ्जमा बम बनाउने क्रममा पड्किएर दुईजना गम्भीर घाइते

नेपालगञ्ज – नेपालगञ्जको भृकुटी नगरमा प्रेसरकुकर बम बनाउँदै गर्दा विस्फोट भएको छ । बम बनाउँदै गरेको अवस्थामा विस्फोट हुँदा दुई कार्यकर्ता गम्भीर घाइते भएका छन् ।
बम बनाउँदै गरेको अवस्थामा विस्फोट भएको थियो । गम्भीर घाइते उनीहरूको भेरी अस्पतालमा उपचार भइरहेको बाँकेका प्रहरीले जनाएको छ ।
बम विस्फोटबाट घाइते भएका दुवैलाई स्थानीय युवाले उपचारका लागि भेरी अस्पतालमा पुर्याएका थिए । घाइते भएका कार्यकर्ता धर्म बडुवाल र डिल्ली क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

