गुहेश्वरी मन्दिर नजिकै बागमती नदीमा युवकको शव फेला


काठमाडौं – काठमाडौं महानगरपालिका–८ गुहेश्वरी मन्दिर नजिकै बागमतीमा युवकको शव भेटिएको छ । करिब २५ वर्षका पुरुष मंगलबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मृतकको पहिचान खुलेको छैन । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया