

राजस्व छली अभियोगमा दुई जनाविरुद्ध मुद्दा

काठमाडौं – नक्कली भ्याटबिल तयार गरी वित्तीय तथा आय विवरण बनाइ राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
विभागले अंकुश सप्लायर्स एण्ड ट्रेडर्सका प्रोप्राइटर प्रविणकुमार महतो र युनिक ट्रेडर्स एण्ड इन्टरप्राइजेजका प्रोप्राइटर आत्मराम पासवानलाई राजस्व चुहावट गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
ती दुवैले कुल २२ करोड ६३ लाख रुपैयाँ बराबर राजस्व छली गरेको भन्दै विभागले दोब्बर अर्थात् ४५ करोड २७ लाख रुपैयाँ बराबर रकम असुल गराउन माग दाबी गरेको छ । पासवान र महतोले नक्कली भ्याटबिल बनाएर कारोबार गर्ने, झुट्टा आय विवरण तयार गर्ने गरेको विभागको भनाइ छ ।

