

पोखरीमा डुबेर बालिकाको मृत्यु

बागलुङ – बागलुङमा पानीको पोखरीमा डुबेर शनिबार डेढ वर्षीया बालिकाको मृत्यु भएको छ।
तमानखोला गाउँपालिका-३ घर भई गलकोट नगरपालिका-६ मा बस्दै आएकी सपना रोकाकी छोरी सोनियाको पोखरीमा डुबेर मृत्यु भएको हटिया प्रहरी चौकी गलकोटका प्रमुख विष्णुप्रसाद शर्माले बताए।
सपना दरमखोला एग्रिकल्चर लाइभ स्टक फर्मकी कामदार हुन्। आमाले काम गर्ने फर्मको नजिकै खेल्ने क्रममा सोनिया पोखरीमा डुबेपछि उपचारको लागि इर्मजेन्सी पोलिक्लिनिक गल्कोटमा उपचारका लागि ल्याइएको थियो।
पोलिक्लिनिकका डाक्टरले अस्पतालमा ल्याइपुराउँदा नै बालिकाको मृत्यु भएको घोषणा गरेको प्रहरी प्रमुख शर्माले बताए।

