गुण्डा नाइके राधा कृष्ण भण्डारी ‘राधे’ जेल चलान


धादिङ – गुण्डा नाइके राधा कृष्ण भण्डारी ‘राधे’ जेल चलान भएका छन् ।

खुकुरी प्रहार गरेको आरोपमा जिल्ला अदालत धादिङका न्यायाधीश स्विकृती पराजुलीको इजलासले राधेसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।

धादिङ बेसीस्थित बीच बजारमा अशोक गुरुङलाई खुकुरी प्रहार गरेका थिए । गत कात्तिक १ गते निलकण्ठ नगरपालिका वडा नम्बर ४ घर भएका भिम गुरुङमाथि राधेले खुकुरी प्रहार गरेका हुन् ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका उपाध्यक्ष समेत रहेका राधे र उनको समूहले धादिङका विभिन्न स्थानमा आतंक नै मच्चाउँदै आएको छ ।

प्रतिक्रिया