कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु


वीरगञ्ज – बाराको कलैयामा कारको ठक्करबाट मोटरसाइकलको पछाडि बसेका एक जनाको मृत्यु भएको छ। दुर्घटनामा कलैया उपमहानगरपालिका–१० मटिअर्वा टोलका २० वर्षीय अलखामुन खानको मृत्यु भएको हो।

मंगलबार राति १० बजे बीआर ०५ पीबी ३१४३ नम्बरको भारतीय स्कार्पियोले कलैया–वीरगञ्ज सडकखण्डअन्तर्गत कलैया–४ मा विपरीत दिशाबाट आउँदै गरेको ना. ४५ प १५८२ नम्बरको मोटरसाइललाई ठक्कर दिँदा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–१० का अमित प्रसाद यादव र पछाडि बसेका अलखामुन खान घाइते भएका थिए।

घाइतेमध्ये उपचारको क्रममा बुधबार बिहान पौने १२ बजे परवानीपुरको एल एस न्युरो अस्पतालमा खानको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए। यादवको अवस्था समान्य रहेको तथा कार र चालक भारतको बिहार मोतिहारीका किसन कुमार शर्मालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको थापाले बताए।

प्रतिक्रिया