टी–२० विश्वकपः पाकिस्तान फाइनलमा

न्यूजिल्यान्डलाई ७ विकेटलाई पराजित गर्दै उपाधिका लागि पाकिस्तानले भारत र इङ्ल्यान्डको विजेतासँग खेल्ने


काठमाडौं – पाकिस्तान आईसीसी टी–२० विश्वकप फाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियामा भर्खरै सम्पन्न खेलमा पाकिस्तानले न्यूजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले १९.१  ओभरमा ३ विकेट गुमाएर पुरा गर्दै फाइनल प्रवेश गरेको हो ।

पाकिस्तानका लागि ओपनरद्वय मोहम्मद रिजवान र कप्तान बाबर आजमले उत्कृट साझेदारी गर्दै पाकिस्तानलाई फाइनल पुर्याएका थिए । पाकिस्तानले पहिलो विकेट कप्तान बाबर आजमलाई १ सय ५ रन बनाउँदा गुमाएको थियो ।

त्यस्तै अर्का ओपनर रिजवानलाई टिमको स्कोर १३२ रन हुँदा गुमाएको थियो । उनीहरु दुवैलाई ट्रेन्ट बोल्डले पेभेलियन फर्काएका थिए । कप्तान बाबरले ५३ रन बनाएर आउट भए भने रिजवाले ५७ रन बनाउँदै आउट भए । त्यसपछि ब्याटिङमा आएका मोहम्मद हरिस र सान मसुदले पाकिस्तानलाई जित नजिक पुर्याए । तर जितका लागि २ रन चाहिएको बखत हरिसले ३० बनाउँदा मिचेल स्ट्रनरले आउट गरे ।  मसुद ३ रनमा र इफ्तियार अहमद शुन्य रनमा नटआउट रहे ।

त्यसअघि न्यूजिल्यान्डका लागि कप्तान केन विलियम्सले ४२ बलमा ४६ रन बनाएका थिए भने ड्यारल मिचेलले ३५ बलमा ५३ रनको विस्फोटक पारि खेलेका थिए । त्यस्तै डेभेन कोने २१ रनमा रनआउट हुँदा जेम्स निसम १६ रनमा नटआउट रहे । त्यस्तै न्यूजिल्यान्डका ओपनर फिन अल्लेख ४ न र ग्लेन फिलिप्स ६ रनमा आउट भएका थिए ।

पाकिस्तानका लागि सहिन शाह अफ्रिदीले २ विकेट लिए भने मोहम्मद नवाजले १ विकेट हात पारेका थिए ।

अब पाकिस्तानले उपाधिका लागि भारत र इङ्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया