कैलालीमा बसको ढोकाबाट खसेर धनीको मृत्यु


काठमाडौं – बसको ढोकाबाट खसेर कैलालीमा बस धनीको मृत्यु भएको छ । टीकापुर नगरपालिका-१, खडकचोकमा मंगलबार बिहान बसको ढोकाबाट खसेर बस धनी लम्कीचुहा नगरपालिका- १ का ४० वर्षीय विष्णु देवकोटाको मृत्यु भएको हो।

गम्भीर घाइते भएका देवकोटाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। टीकापुरबाट धनगढीतर्फ जाँदै गरेको ना ५ ख ५८७२ नम्बरको बसको ढोकाबाट मंगलबार बिहान साढे ८ बजे उनी खसेका थिए।

बससहित चालकलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया