

दुई मोटरसाइकल आपसमा ठोकिँदा दुवै चालकको मृत्यु

काठमाडौं – रुपन्देहीको गैडहवा गाउँपालिका-२ मा मंगलबार दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा दुवै चालकको मृत्यु भएको छ।
दुर्घटनामा परी गैडहवा गाउँपालिका-२ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय निरज लोधको मृत्यु भएको हो।
लु ५ प ९७३२ नम्बरको मोटरसाइकल र लु ७६ प ३३७२ नम्बरको मोटरसाइकल आज बिहान ८ बजे एकआपसमा ठक्कर खाएका हुन्।
गम्भीर घाइते भएका पासीको सिटि अस्पताल भैरहवामा र लोधको भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुर्यपुराले जनाएको छ।

