जगातीबाट लागुऔषध सेवन गरी सवारी चलाईरहेका ४ जना पक्राउ


भक्तपुर – लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा चालकलाई चेक गर्दै आएको ट्राफिक प्रहरीले शनिबार काठमाडौँको जगाति क्षेत्रमा चेकजाँच गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, लागुऔषध नियन्त्रण ब्युरो कोटश्वर, नेपाल प्रहरी अस्पताल, प्रहरी बृत जगातीको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा ४ जना चालकलाई शनिबार भक्तपुरको जगाती नजिकैको सडक खण्डमा फेला पारेको हो ।

झापाबाट काठमाण्डौ आउँदै गरेको बा ४ ख १९ ५६ नम्बरको हाइस माईक्रो चालक, बा २४ प ११ ४६, बा ७६ प ५३ ८६ र प्रदेश ३-०२-००६ प ८२६ नम्बरको मोटरसाइकलका चालक लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा फेला परेका हुन् ।

पक्राउ परेका ४ जनालाई नै आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त जगातीमा राखिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी  वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । चेकजाँचकै क्रममा सोही स्थानबाट मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने २ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको थियो ।

मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई विगत लामो समयदेखी चेकजाँच गरी कारबाही गर्दै आएको ट्राफिक प्रहरीले पछिल्लो समय लागुऔषध सेवन गरी सवारी साधन चलाउने चालकको सङख्या समेत बढेपछी कारबाहीलाई तिब्रता दिएको हो ।

मादक पदार्थ र लागुऔषध सेवन गरी सवारी साधन चलाउँदा  सवारी दुर्घटना हुनुको साथै मानव स्वास्थ्यमा समेत नकरात्मक असर पर्ने भएकाले मादक पदार्थ र लागुऔषध सेवन गरी सवारी साधन नचलाउनु हुन प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले चालकलाई अनुरोध गरे ।

 

प्रतिक्रिया