सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा


काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले क्रिकेटर सन्दीपविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको हो ।

यसअघि मङ्गलबार सन्दीपको बयान लिइएको थियो । बयानका क्रममा सन्दीपले आफूप्रति बदनियत र कसैको उक्साटहमा अभियोग लगाएको बयान दिएका थिए । साथै सन्दीपले आफूमाथि लागेको अभियोग झुटो रहेको प्रमाणसमेत पेस गरेका थिए ।

आज सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेर थुनछेक बहस भएको हो ।

सन्दीपमाथि भदौ ५ मा काठमाडौंको एक होटेलमा लगेर एक १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग छ । पीडित किशोरीले आफूमाथि जबरजस्ती करणी भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले २४ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । अनुसन्धानपछि प्रहरीले कात्तिक १४ गते सोमबार काठमाडौं अदालतमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया