सहकर्मीलाई बलात्कारको प्रयास गरेका इन्स्पेक्टर ढुंगाना जेल चलान


काठमाडौं — सहकर्मीलाई बलात्कार प्रयास गरेको अभियोगमा प्रहरी निरिक्षक (इन्स्पेक्टर) अपूर्व ढुंगाना जेल चलान भएका छन् ।

जिल्ला अदालत धादिङका न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले इन्स्पेक्टर ढुंगानालाई जेल चलान गर्ने आदेश दिएको हो।

इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यालय प्रमुखका रूपमा कार्यरत रहेका बेला उनले आफ्नै कार्यालयमा कार्यरत महिला प्रहरीमाथि बलात्कार प्रयास गरेको उजुरी परेको थियो।

१५ असोजमा जिल्ला प्रहरी कार्यालय धादिङले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। ढुंगानाले मदिरा सेवन गरेर मध्यराति महिला ब्यारेकमा पसेर बलात्कारको प्रयास गरेको उजुरीमा थियो।

ढुंगानालाई मंगलबार नै जेलमा पठाइएको छ। गएको १५ असोज राति १ बजेतिर खानीखोलास्थित महिला प्रहरीको ब्यारेकमा पसेर इन्स्पेक्टर ढुंगानाले बलात्कार प्रयास गरेको यौन सम्बन्धको प्रस्ताव राखेको पीडितको उजुरीमा छ।

प्रतिक्रिया