चितुवाको आक्रमणबाट बालकको मृत्यु


तनहुँ – तनहुँमा नरभक्षी चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।

व्यास नगरपालिका–१२ छिर्कने निवासी जगदिश कुँवरको ८ वर्षको छोरा अभिनव कुँवरको मृत्यु भएको घटनास्थल पुग्नु भएका डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए ।

मङ्गलबार साँझ ६ः१५ घरको आँगनीमा बालक खेलिरहेको बेला चितुवाले आक्रमण गरी घरभन्दा दुई सय मिटर पर खरबारीमा लागेको उनले जानकारी दिए ।

चितुवाले बालक लगेपछि गाउँवासीहरु चिच्चाउँदै कराउँदै निस्किएको र खोजी गर्ने क्रममा खरबारीमा बालकलाई मृत अवस्थामा भटिएको श्रेष्ठले बताए । नौ दिनअघि मात्रै तनहुँको बन्दिपुर गाउँपालिका ३ सिस्नेघारीमा ११ वर्षीय बिना चेपाङको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो ।

प्रतिक्रिया