

गोरखा उहियाका बिरामीको हेलिकोप्टरबाट उद्धार

गोरखा – गोरखाको धार्चे गाउँपालिका- ३ उहियाका एक बिरामीको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
६३ वर्षीय पूर्णबहादुर घलेको नाक र मुखबाट रगत बगेकाले उनलाई मंगलबार अन्नपूर्ण हेलिकोप्टर सर्भिसमार्फत उद्धार गरिएको उनका आफन्त श्रीलाल गुरुङले बताए।
बिरामी घलेलाई थप उपचारका लागि काठमाडौंको टिचिङ हस्पिटल लगिएको छ।

