ललितपुरबाट ८ लाख नगदसहित ६ जना जुवाडे पक्राउ


काठमाडौं – जुवा खेलेको आरोपमा ललितपुरको धापाखेलबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका-२३ धापाखेल बस्ने होमकुमार लावतीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-७ पिलाछे बस्ने ४८ वर्षीय नरेन्द्र महर्जन समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।

प्रहरी वृत्त सातदोबाटो र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ९९ हजार ३ सय २० रुपैयासहित पक्राउ गरेको हो।

उनीहरूबाट रातो रङको क्वाइन २३ थान, तास, कालो रङको क्वाइन २२ थान, सेतो क्वाइन १८ थान र ३ वटा गाडीसहित पक्राउ गरेको हो।

प्रतिक्रिया