मुगुमा नियमित उडान नहुँदा जहाज कुर्दाकुर्दै ज्यान गुमाउँछन् बिरामी


मुगु – जिल्लास्थित रारा विमानस्थलमा जहाज उडान नहुँदा एक बिरामीको एयरपोर्टमै मृत्यु भएको छ । छायाँनाथ रारा नगपालिका–५ ढुम गाउँका ५५ वर्षीय लोकबहादुर रोकायाको शनिबार एयरपोर्टमै मृत्यु भएको छ ।

केही दिन अघि उनी लडेर घाँटीमा गम्भीर चोट लागेपछि जिल्ला अस्पतालमा भर्ना भएका र अस्पतालले उपचार गर्न नसकेर शुक्रबार नेपालगञ्ज रिफर गरेपछि एयरपोर्ट पुर्‍याएरका रोकायालाई जहाज नआउँदा मृत्युको छ । जहाज नआउँदा रोकायाको एयरपोर्टमै मृत्यु भएको रारा विमानस्थल प्रमुख रोमन भट्टराईले बताए ।

रारा विमानस्थलमा नेपालगञ्जदेखि जहाज उडान कम हुन थालेपछि बिरामीको अकालमा ज्यान जान थालेको छ । रोकायाको घाँटीको घाउ जटिल देखिएको अस्पतालमा उपचार असम्भव देखिएपछि नेपालगञ्ज रिफर गर्नु पर्ने अवस्था आएको जिल्ला स्वास्थ्य प्रमुख उमेश गौतमले जनाए ।

जहाजको समस्याले उनको एयरपोर्टमा ज्यान गएको गौतमको भनाइ छ । पहिले एक दिनमा चार/पाँच फ्लाइट उडान हुने रारा विमानस्थलमा हिजाआज जहाजको अभावले गर्दा उडान कम हुन थालेपछि बिरामीदेखि अन्य यात्रुलाई सास्ती भोग्न पर्ने अवस्था आएको छ ।

गत असोज १९ गतेको भीषण बाढी पहिरो कर्णाली राजमार्ग जोखिम भएपछि दसैं तिहार मनाएर सहरतिर फर्किन यात्रुको चाप विमानस्थलमा बढेको छ ।

प्रतिक्रिया