

विवाद पछि खुकुरी हानेर युवकको हत्या
चितवन – चितवनमा एक युवकको खुकुरी प्रहार गरेर हत्या भएको छ । माडी नगरपालिका ४ घोसरीमा ३३ वर्षीय जीवन नेपालीको हत्या भएको हो ।
परियारको हत्या गरेको आरोपमा प्रहरीले उनकै साथी नवलपरासी बस्ने ३४ वर्षीय एक युवकलाई माडी–३ इनारबरुवाबाट पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरिएका व्यक्तिको पहिचान खुलाएको छैन ।
सँगै बसेर मदिरा सेवन गर्ने क्रममा विवाद निम्तिएपछि यो घटना भएको चितवन प्रहरीले जनाएको छ ।

