महाेत्तरीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी


महाेत्तरी – महोत्तरीको भंगहा नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।

आज बिहीवार बिहानैदेखि हिन्दु सेना सम्राटका कार्यकर्ता बताउने समूह र मुस्लिम समुदायबीच दिनभरजस्तै झडप हुँदा दिउँसो ४ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु जारी गरिएको महोत्तरीका प्रहरीले जानकारी दिएको हो ।

आज बिहान झन्डै १० बजेतिर हिन्दु सेना सम्राटले मार्च पास निकालेका थिए । त्यसै क्रममा वडा नम्बर ८ पररियामा दुवै समूहबीच झडप भएको थियो । दुवैतर्फबाट भएको ढुंगामुढाको क्रममा सुरक्षाकर्मीसमेत गरी झन्डै १२ जना घाइते भएका छन् ।

घाइतेहरूको अवस्था सामान्य छ । अवस्था तनावग्रस्त भएपछि प्रहरीले ३२ राउन्ड बढी हवाई फायर गरेकाे थियो ।

अहिले भने अवस्था सामान्य रहेको छ । शान्त भएको विवाद राती बढ्न सक्ने आशङ्कामा त्यस क्षेत्रमा आज बिहीवार दिउँसाे ४ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया