

डिल्लीबजार मालपोतका कार्यालय सहयोगी घुससहित पक्राउ

काठमाडाैं – मालपाेत कार्यालय डिल्लीबजारमा कार्यरत एक कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रवार घुस रकमसहित पक्राउ परेको हो ।
अख्तियारको टोलीले उनलाई घुस रकम लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी रहेको छ ।

