
महेन्द्रनगरका तत्कालिन नगर विकास समिति अध्यक्षसहित ३७ जनाविरुद्ध भ्रष्टाचारको मुद्धा
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तत्कालिन अध्यक्ष गोपाल रसाइलीलगायत ३७ जना विरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।
तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा दोषी पाइएपछि उनीहरूविरुद्ध अदालतमा मुदा दायर गरेको अख्तियारले जनाएको छ ।
अध्यक्ष रसाइलीसँगै पल्टु राना, पुष्कल चौधरी तथा मालपोत कार्यालय कन्चनपुरका तत्कालिन प्रमुख मालपोत अधिकृत र नापी कार्यालय कन्चनपुरका तत्कालीन प्रमुख नापी अधिकृतसमेत विरुद्ध मुद्धा दायर भएको हो ।



कागजपत्र |
