
सर्लाहीमा सहकारी कर्मचारीमाथि गोली प्रहार, घाइतेलाई काठमाडौं ल्याइँदै
सर्लाही – सर्लाहीमा एक सहकारी कर्मचारीमाथि गोली प्रहार भएको छ। बागमती नगरपालिकाको मिलन चौक नजिक सगुन सहकारीमा कार्यरत कर्मचारी सुजन कार्कीमाथि अपरिचित समूहले गोली प्रहार गरेको हो।
भारतीय नम्बरको मोटरसाइकल चढेर आएका तीन जनाको समूले कार्कीमाथि दुई राउन्ड गोली प्रहार गरेर भागेको सर्लाहीका प्रहरी प्रमुख प्रबिन पोखरेलले बताए।
गोली लागेर कार्कीको तिघ्रा र हातमा लागेको छ। घाइते कार्कीको सर्लाहीको हरिवन स्थित सरस्वती अस्पतालमा सामान्य उपचारपछि काठमाडौं रिफर गरिएको छ।
उनी आफ्नै कार्यालयमा काम गरिरहेको बेलामा गोली प्रहार भएको हो ।



कागजपत्र |
