भीरबाट लडेर बैतडीमा एक जनाको मृत्यु


बैतडी – बैतडीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–२ जेब्लाखानकी ४५ वर्षीया लिला बोहरा रहेकी छिन् ।

खर काट्ने क्रममा वडाकै सलेनी भीरबाट लडेर उनको ज्यान गएको बैतडी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया