चुनावी रणनीति बनाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै


काठमाडौं-नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्ण पौडेलले बताएका छन् ।

बैठकबाट निर्वाचनलक्षित रणनीति र निर्वाचनका लागि विभिन्न समिति गठन गर्ने तयारी गरिएको छ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ । यसका लागि उमेदवारको मनोनयन दर्ता भइसकेको छ ।

चुनामा कांग्रेस सत्ता गठबन्धन दलसँगै तालमेल गरर उत्रिएको छ। गठबन्धन दलले कहाँ कहिले कार्यक्रम गर्ने गठबन्धन दलको साझा नारा के बनाउने भन्ने टुंग्गाइसकेको अवस्थामा कांग्रेसको छुट्टै बैठक बस्न लागेको हो।

प्रतिक्रिया