नेपाल आइपुगे नवनियुक्त अमेरिकी राजदूत थम्प्सन


काठमाडौं – नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डीन थम्प्सन नेपाल आइपुगेका छन्। वाशिङ्टन डीसीमा केही हप्ताअघि शपथ लिएका उनी परिवारसहित बिहीबार नेपाल आइपुगेका हुन्।

निवर्तमान राजदूत र्‍यान्डी बेरीको चार वर्षीय कार्यकाल सकिएपछि अमेरिकी सरकारले थम्प्सनलाई नेपालको राजदूतमा नियुक्त गरेको थियो। उनी दक्षिण एसिया मामिलाका जानकारका रुपमा चिनिन्छन्। उनले दुई दसकभन्दा बढी विदेश सेवामा बिताइसकेका छन्।

अमेरिकी राजदूतावासका अनुसार थम्प्सन केही समयपछिमात्रै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नेछन्। त्यसअघि उनी परिवारसहित नेपाली वातावरणमा घुलमिल हुने दूतावासले जनाएको छ।

प्रतिक्रिया