देउवाले केन्द्रमा जसपाका मन्त्री निकाले, मधेश प्रदेशमा जसपाले गठबन्धनका मन्त्री बर्खास्त गर्दै


काठमाडौं-मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सत्ता गठबन्धनका मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन्।
बिहीबार संघ सरकारले जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूलाई हटाएपछि आफ्नो नेतृत्वमा रहेको प्रदेशका सरकारका मन्त्रीहरूलाई राउतले हटाउने तयारी गरेका हुन् ।

उनले आज (शुक्रबार) नै हटाउने तयारी गरेको मुख्यमन्त्री निकट एक नेताले जानकारी दिए। मधेस प्रदेशमा जसपा‚ कांग्रेस‚ माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको संयुक्त सरकार छ।

गठबन्धनको साथ छोडेर एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका मन्त्रीलाई बर्खास्त गरिदिएका छन् । जसपाले भने चुनावको मुखमा आफ्ना मन्त्रीलाई नहटाउन आग्रह गर्दै आएको थियो ।

 

प्रतिक्रिया