असई हत्या प्रकरण : सशस्त्रका एआईजीको नेतृत्वमा छानबिन समिति गठन


काठमाडाैं – सशस्त्र प्रहरी बल (एपीएफ) का असई सत्यनारायण यादव हत्या प्रकरण छानबिनका लागि एआईजी चन्द्रप्रकाश गौतमको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ।

बोर्डर आउट पोस्ट (बीओपी) छिन्नमस्तामा खटिएका असई यादव २० असोजमा मृत भेटिएका थिए । उनको दरबन्दी सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराज थियो ।

उनको हत्यामा एपीएफकै जवान होमबहादुर खत्रीलगायतको संलग्नता रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया