घोषणापत्र मस्यौदा समितिका जाकिर हुसेनले गरे माओवादी पार्टी परित्याग


काठमाडाैं – आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्रको घोषणापत्र मस्यौदा समितिमा रहेका जाकिर हुसेनले पार्टी परित्याग गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बनेको मस्यौदा समितिका सदस्य हुसेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पार्टी परित्याग गरेको सार्वजनिक गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘कसैलाई कुनै आरोप प्रत्यारोप नगरी, आफ्नै इच्छाशक्ति र स्वविवेकले माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्दछु ।’ २०७४ सालको प्रदेशसभा चुनावमा हुसेन सुनसरी क्षेत्र नम्बर ४ (क) मा वाम गठबन्धनको तर्फबाट उमेदवार बनेका थिए ।

तर, आगामी चुनावमा भने गठबन्धनको तर्फबाट सुनसरी- ४ को प्रतिनिधिसभा र दुई वटै प्रदेशसभा कांग्रेसले आफ्नो भागमा पारेपछि यो क्षेत्रका माओवादी नेताहरू असन्तुष्ट छन् ।

माओवादीको केन्द्रीय सल्लाहकार समिति सदस्य समेत रहेका हुसेनले पार्टी परित्यागले काङ्ग्रेस तर्फबाट प्रतिनिधिसभा सदस्यका उमेदवार ज्ञानेन्द्रबहादुर कार्कीलाई समेत असर पार्ने स्थानीय नेताहरू बताउँछन् ।

प्रतिक्रिया