

लियो क्लब अफ काठमाडौ द्वारा बिध्यार्थीलाई न्यानो कपडासहित शैक्षिक सामाग्री प्रदान

सिन्धुपाल्चोक – लियो क्लब अफ काठमाडौ द्वारा सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँ पालिका- ६ पेट्कु स्थित श्री देवी माध्यमिक बिद्यालयलाई ६० थान स्विटर लगायत अन्य शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
बिद्यालयको अवस्थालाइ मध्य नजर गर्दै बिद्यार्थीहरुलाइ अत्यन्तै आवश्यक सामाग्रीहरु ६० थान स्विटर,४ सय वटा कलम,१४४ थान कापी र १०० थान डायरी लगायतका शैक्षिक सामाग्रीहरु बिद्यार्थी हरुलाइ हस्तान्तरण गरिएको छ।
चिसो मौसमका कारण विधर्थीलाई पठनपाठनमा समस्या पर्ने देखिएपछि उक्त क्लबले बिद्यार्थीकालागि न्यानो स्विटर लगायत शैक्षिक सामाग्री सहयोग स्वरुप प्रदान गरेको क्लबका अध्यक्ष श्री एन्जल पाण्डेले जानकारी दिए ।
स्थानीय समाजसेवी सुरज खड्काको संयोजनमा सो कार्यक्रम सम्पन्न भएको छ । क्लबले भोलिका दिनमा पनि बिद्यार्थीको लागि सहयोगका अन्य कार्यक्रमहरु पनि गर्ने क्लबका अध्यक्ष पाण्डेले बताएका छन् ।

