
कालापानी बीओपी जाने पहिलो सशस्त्र इन्स्पेक्टर चन्द सम्मानित
काठमाडौं – सशस्त्र प्रहरीका प्रहरी निरीक्षक लिलिबहादुर चन्द सशस्त्र प्रहरी बलबाट सम्मानित भएका छन् ।
सशस्त्र प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा चन्दलाई नेपाल भारत विवादित क्षेत्र कालापानी नजिकको छाँग्ररुमा पहिलो बीओपी कमाण्डरका रुपमा खटिँदै सफलतापूर्वक कार्य सम्पन्न गरेकोले सम्मानित गरिएको हो । उनी उक्त बीओपीमा पहिलो कमाण्डरको रुपमा पदस्थापन भएका थिए ।
चन्दलाई शान्ति सुरक्षा अमनचयन कायम गराई सार्वभौम नेपाली नागरिकहरुलाई सुरक्षाको प्रत्याभूति दिलाउन सशस्त्र प्रहरी बल नेपालबाट दिइएको महत्वपूर्ण जिम्मेवारीलाई अनुशासित, व्यावसायिक र निर्भयका साथ ज्यानको समेत परवाह नगरी उत्कृष्ट ढंगबाट कार्य सम्पादन गरेको उल्लेख गर्दै सशस्त्रले सम्मानित गरेको हो । राष्ट्र, नागरिक समाज र संगठनको छवि उच्च राख्न सफल भएको भन्दै सशस्त्रले कदरस्वरुप पाँच हजार रुपैयाँ नगदसहित सम्मानित गरिएको जनाइएको छ ।
अहिले उक्त बीओपीलाई स्तरोन्नती गरि डीएसपीको कमाण्डमा गुल्म बनाइएको छ ।




कागजपत्र |
