

जबरजस्ती करणी उद्योगमा निरिक्षक अपूर्व माथी मुद्दा दर्ता

काठमाडाैं – व्यारेकमै महिला प्रहरी माथी जबरजस्ती करणी प्रयासमा धादिङको इलाका प्रहरी कार्यालय खानीखोलामा कार्यरत प्रहरी निरिक्षक अपूर्व ढुंगानामाथी मुद्दा दर्ता भएको छ ।
जबरजस्ती करणी उद्योगमा पीडित पक्षको मौखिक उजुरीको आधारमा आइतबार फुलपातीको दिन विहान ढुंगानालाई प्रहरीले पक्राउ गरेको हो । लिखित उजुरी परेपछि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक राकेश सिंहले बताए ।
शनिबार विहान करिब एक वजे कार्यालय परिसरभित्रै करणी प्रयास भएको बताइएको छ । ढुंगानालाई अहिले जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ ।
उनी १० महिना अघिदेखि इलाका प्रहरी कार्यालय खानीखोलामा प्रमुखको जिम्मेवारीमा थिए । पक्राउ परेका प्रहरी निरिक्षक ढुंगाना माथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले बताए ।

