

डमरु दहमा डुबेर एक जनाको मृत्यु

अर्घाखाँची – दहमा डुबेर अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ ।
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा वाड नम्बर-३ ठाडामा रहेको डमरु दहमा डुबेर एक व्यक्तिको आइतबार मृत्यु भएको छ । शितगंगा-३ दह निवासी ३७ वर्षीय खिमबहादुर नेपालीको डुबेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोली र स्थानीयले शव निकालेको प्रहरी निरीक्षक होमनाथ रेग्मीले बताए । नेपालीका एक आमा, एक श्रीमती र दुई छोरी रहेका छन् ।

