
धामी बस्न हिँडेका युवक मृत भेटिए
विराटनगर – मोरङको सुनवर्षी नगरपालिकामा धामी बस्न हिँडेका एक युवक मृत भेटिएका छन् । वडा नम्बर ४ बटरबारीका ३२ वर्षीय अशोककुमार यादव मृत भेटिएका हुन् ।
बिहीबार साँझ उनी घरबाट धामी बस्नका लागि लरीकट्टा भन्ने ठाउँमा जान्छु भन्दै हिँडेका थिए । शुक्रबार विहान घरबाट करिब डेढ किलोमिटर टाढा सडकमा उनको शव फेला परेको हो ।
प्रहरीका अनुसार मृतकको पेटमा ठूलो चोट छ । स्थानीयले भने पेटमा छुरा प्रहार गरी हत्या भएको दाबी गरेका छन् ।



कागजपत्र |
