मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


महोत्तरी – जिल्लाको पिपरा गाउँपालिका–६ रतौलीमा हिजो साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय लक्ष्मण साह हलुुवाई रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा प्रदेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

पैदल हिडिरहेका उनलाई हिजो साँझ सवा ५ बजे प्रदेश २–०२–००१ प ७५७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकल सहित चालकलाई नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया