
झण्डै १० लाख रुपैयाँ अनियमितता गरेको भन्दै चक्कर गाविसका तत्कालीन सचिवविरुद्ध मुद्दा
काठमाडाैं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको साविक चक्कर गाविसका तत्कालीन गाविसका सचिव रामरतन मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । ९ लाख ७६ हजार ९ सय रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले उनीविरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
मण्डलले गैरकानूनी ढंगले रंजित शाह भन्ने व्यक्तिलाई पटक-पटक पेश्की रकम दिई अनियमितता गरेको अख्तियारको अनुसन्धानबाट खुलेको हो ।
गाविसको कार्यकारिणी समितिले उक्त गाउँ विकास समितिअन्तर्गतका विभिन्न वडाका सडकमा माटो पुर्ने र ग्राभेलको काम गर्न गराउन उपभोक्ता समिति गठन गरेको र सो कामको लागि कुनै रकम विनियोजन नभएको अवस्थामा तत्कालीन सचिव रामरतन मण्डल (केवट) ले नागेन्द्र भन्ने रंजित साहलाई पटक-पटक पेश्की दिने काम गरी अनियमितता गरेको अभियोगपत्रमा उल्लेख छ ।
उक्त पेश्की रकम दिए पनि फरफारक नगरेको अभियोगपत्रमा उल्लेख छ । अख्तियारले रकम लिने साहविरुद्ध पनि मुद्दा दर्ता गरेको छ ।



कागजपत्र |
