चोरी मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ


काठमाडौं – प्रहरीले चोरी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका-६, जोरपाटी घर भएका ३२ वर्षीय राजु तामाङ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई चाबहिलबाट नगद, सुन र फलामको रडसहित पक्राउ गरेको हो ।उनीमाथि २०६९ असार ३१ गते प्रहरी परिसर ललितपुरबाट चोरी मुद्दा चलाएर ललितपुर जिल्ला अदालतबाट कैद तथा जरिवाना सुनाइएको थियो।

यस्तै २०७५ साल असोज २१ गते प्रहरीवृत बौद्धबाट चोरी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ वर्ष र ५० हजार जरिवाना भएकोमा उच्च अदालत पाटनबाट ३ वर्ष कैद र ३० हजार जरिवाना छुट गराएको रहस्य खुलेको थियो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्‍यक कारबाहीका लागि प्रहरी वृत नयाँ बानेश्वरमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया