स्याङ्जामा फरार प्रतिवादी एक वर्षपछि पक्राउ


कास्की – गोरु मारेको मुद्दामा १ वर्ष १ महिना ५ दिन कैद सजाय तोकिएपछि फरार रहेका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–४ का ३१ वर्षीय खेमबहादुर परियार पक्राउ परेका छन् ।

जिल्ला अदालत स्याङ्जाको २०७८ असोज ७ को फैसालाले उनलाई सो सजाय सुनाएको थियो । प्रहरीले एक वर्षपछि परियारलाई बुधबार पक्राउ गरी बिहीबार जिल्ला अदालतमा पेस गराएको र कैद भुक्तानका लागि सोही दिन कारागार चलान गरिएको छ ।

प्रतिक्रिया