

गायिका जेरुषा राई सम्पर्कबिहीन

ललितपुर – गायिका जेरुषा राई ललितपुरको धोविघाटबाट सम्पर्कबिहीन भएकी छन् । बिहीबार साँझ ७ बजेतिर उनी घरबाट हिँडेको र त्यसपछि सम्पर्कमा नआएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधिरराज शाहीले बताए ।
युट्युबबाट युवापुस्तामा लोकप्रिय रहेको राईले ‘नोट’ लेखेर सम्पर्कबिहीन भएकी हुन् । उनले नोटमा लेखेकी छिन्–‘कसैलाई पनि दोष दिन्न, मेरो जीवनको दोषी म आफैँ हुँ ।’
उनी बेलायत बसेर फर्केकी थिइन् । उनको खोजी भइरहेको एसपी शाहीले जानकारी दिए । उनी आफ्नी आमाको साथमा सानेपामा बस्दै आएको पनि जनाइएको छ ।

