लोकन्थलीमा पानीको गाडीले किचेर १७ महिने बालकको मृत्यु


भक्तपुर । भक्तपुरको लोकन्थलीमा गाडीले किचेर एक बालकको मृत्यु भएको छ।

बिहान करिब साढे ९ बजे मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १ लोकन्थली त्रिपुरा सुन्दरी ग्रिल उद्योग अगाडि सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ घर भएका केशवलाल श्रेष्ठको १७ महिनाको छोरा सलिन श्रेष्ठको गाडीले किचेर मृत्यु भएको हो।

खेल्दा खेल्दै पानी झार्न रोकिराखेको बा ५ ख ७८१७ नम्बरको गाडीमुनि छिरी रहेको अवस्थामा गाडी अगाडी बढाउँदा गाडीले किच्दा गम्भीर घाइते भएका बालकको उपचारको क्रममा समिट अस्पताल लोकन्थलीमा मृत्यु भएको हो।

प्रहरीले सवारी साधन र चालक सिन्धुपाल्चोक मेलम्ची गाउँपालिका वडा नम्बर ३ घर भएका २३ वर्षीय आकाश भुजेललाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया